चिनको हुवानबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरस पछिल्लो समय १२४ देशमा देखा परी सकेको छ।
पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट ३ सय ३७ जनाको ज्यान गएको छ भने ७ हजार ३ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् ।
कोरोना भाइरसबाट बिहीबार बिहानसम्म १ लाख २६ हजार २ सय ७३ (१२६, २७३०) जना संक्रमित भएका छन् । बुधबारसम्म १ सय १९ देशमा देखिएको कोरोना अहिले बढेर १ सय २४ देशमा देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
बिहीबार बिहानसम्म कोरोनाको संक्रमणबाट ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ। यसअघि मंगलबार २७० जनाको ज्यान गएको थियो।
हालसम्म कोरोनाको संक्रमण देखिएका मध्ये ६८ हजार २ सय ८६ जना उपचारपछि घर फर्किसकेका छन् भने ५ हजार ७ सय ९ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
बुधबार इटालीमा १९६ जना, इरानमा ६३, चीनमा ११, दक्षिण कोरियामा ६, स्पेनमा १९, फ्रान्समा १५, अमेरिकामा ८, जापानमा ३, यूके २, बेल्जियम ३, स्वीजरल्याण्ड, नेदरल्याण्ड, लेबनान, स्वीडेन, फिलिपिन्स, इन्डोनेसिया, अल्बानिया, बुल्गारिया, पानामा, अफगानिस्तान र आयरल्यान्डमा एक एक जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।