logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरिया छाडेर जोर्डन जान लागेका बालकको भावुक फोटो


अंकुरण खबर
2.002K
Shares

सिरियामा गृह युद्धका कारण लाखौं मानिसले ज्यान गुमाएका छन्। ९ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार भन्दा बढी छ। मारिनेमा हजारौं बालबालिका समेत छन।

सिरियामा जारी द्वन्द्वका कारण एक करोड ३० लाख बढी सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका छन्। युद्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना नष्ट भएका छन्। धेरै वालबालिका टुहुरा भएका छन्।

यसैबीच, सामाजिक सञ्जालमा पछिल्लो समय एउटा फोटो भाइरल बनेको छ। जसमा एक ४ बर्षीय बालक देश छाडेर मरुभूमीको बाटो हुँदै छिमेकी मुलक जोर्डन जान लागेको देखिन्छ।

आफ्नी आमा र बहिनीलाई गुमाएका बालकले हातमा एउटा झोला समातेका छन्। उक्त झोलामा आमा र बहिनीको लुगा रहेको बताइएको छ। सिरिया देखि जोर्डन जान मरुभूमिको यात्रा गरिरहेका बेला अधिकारीहरुले फोटो लिएका हुन्। यो फोटोले सिरियाली नागरिकको अवस्थाबारे धेरै कुरा बोल्ने दाबी गरिएको छ।

सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारविरोधी आन्दोलनपछि सिरिया कल्पना नगरेको गृहयुद्धमा पुगेको हो। सिरियाली राष्ट्रपति बसर अल-सद विरोधी आन्दोलनलाई सरकारले कडा रूपमा दवाउन खोजेपछि चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो। जसका कारण सिरिया लगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश पाएको छ।