logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण इटलीमा एकै दिन २ सय ५० जनाको मृत्यु, कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै


अंकुरण खबर
1.157K
Shares

कोरोना भाइरसका कारण इटलीमा एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।
डब्लूएचओका अनुसार चीन पछि कोरोना भाइरस संक्रमण इटलीमा बढी देखिएको छ ।

डब्लूएचओले जनाए अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।