logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमण, ७४ नेपाली क्‍वारेन्टाइनमा


अंकुरण खबर
819
Shares

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एकजना नेपालीमा नोबल कोरोना (कोभिड-१९) को पुष्टि भएको भएको छ।

एक नेपालीलाई कोरोना पोजेटिभ देखिएपछि संक्रमण फैलन नदिन उनीसँगै काम गर्ने र उनको सम्पर्कमा भएका ७४ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ।

उनीसँग बस्‍ने र सम्पर्कमा आएका ७४ जना नेपालीलाई क्‍वारेन्टाइनमा राखिएको हो। कोरोना पुष्टि भएपछि स्थानीय स्वास्थ्य प्रतिनिधि, विदेशी र सीमा हेर्ने निकाय (सेफ) ले नेपालीहरुलाई भेला गराएका थिए।

आइतबार साँझ उनीहरुलाई इन्सिनो ब्यासीको २/३ सान्टो आन्तोनिऊ फारोमा राखिएको छ। सबै नेपालीहरु एउटै कम्पनीबाट कृषिमा काम गर्दै आएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन्।