logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा आजबाट सबै विदेशीलाई प्रवेशमा रोक


अंकुरण खबर
1.248K
Shares

महामारीको रुपमा फैलिएको कोरोनाले विश्वलाई नै त्रसित बनाएको छ । जसबाट बच्नको लागी हरेक देशले उच्च सर्तकता अपनाएको छ ।

त्यस्तै, मलेसिया सरकारले पनि आजबाट दुई सातासम्म विदेश नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कोभिड नाइन्टिनको जोखिम नियन्त्रणका लागि भन्दै चैत्र ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशीलाई मेलेसिया प्रवेशमा रोक लगाइएको हो ।यसबाट नेपाली श्रमिक बढी प्रभावित हुनेछन् ।

घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन् ।मलेसियाबाट नेपाल फर्कन चाहनेका लागि भने कुनै अवरोध नरहेकोको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली श्रमिकका लागि मलेसिया, कतार र साउदी अरब पछिको प्रमुख गन्तव्य मुलुक मानिन्छ । मलेसियामा पांच लाखभन्दा बढी नेपाली रहेको अनुमान छ । तर त्यहां कार्यरत रहेका नेपाली श्रमिकमा भने कोरोनाको संक्रमण देखिएको छैन । कतारले यसअघि नेपालीसहित १४ देशका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको छ ।

यसैबीच नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुरको नियमित उडान तत्कालका लागि स्थगित गरेको छ । एजेन्सी