बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बसेकी हुन् ।
लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस अघि हिजो मात्रै ९७ वर्षीय अभिनेता दिलिपकुमारले सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका थिए।