चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारी विश्वका १९५ देशमा फैलिएको छ।
पछिल्लो समय यसको महामारी सबैभन्दा बढी इटलीमा देखिएको छ भने दोस्रो केन्द्र स्पेन बनेको छ। स्पेनमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५३९ जनाको ज्यान गएको छ। यो सँगै स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३ सय ११ पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्पेनमा सोमबार मात्रै ६ हजार ३ सय ६८ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै स्पेनमा संक्रमितको संख्या ३५ हजार १ सय ३६ पुगेको छ ।
विश्वका १९५ देशमा फैलिएको कोरोना भाइरसको महामारीबाट १६ हजार ५ सय १४ जनाको मृत्यु भएको छ भने ३ लाख ७८ हजार ८ सय ४२ जना संक्रमित भएका छन्।