logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चाडमा वोकोहरामको आक्रमणमा परी ९२ जना सुरक्षाकर्मीको मृत्यु


अंकुरण खबर
949
Shares

चाडमा वोकोहरामको आक्रमणमा परी ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार चाडको लेकचाड क्षेत्रमा घटना भएको राष्ट्रपति ईडिस डेबी ईट्नोले पुष्टि गरेका छन् । घटनास्थल क्यामरुन नाइजर र नाइजेरियासगँको सिमा क्षेत्रमा पर्छ। घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो।

चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाइजेरियावाट आफ्नो अभियान सुरु गरेका थिए।

नाइजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।