logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘लकडाउन’मा घर बाहिर निस्किन खोजेपछि दाजुले गरे भाइको हत्या


अंकुरण खबर
1.144K
Shares

भारतमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’ नमानेको भन्दै आफ्नै दाईले भाइको हत्या गरेका छन् ।

मुम्बईको कान्दिवाली इष्टमा बस्ने २८ वर्षीय राजेश ठाकुरले २१ वर्षका आफ्ना भाई दुर्गेसको हत्या गरेका हुन् । भास्कर दैनिकमा प्रकाशित समाचार अनुसार राजेशले भाईलाई ‘लकडाउन’को बेला घरबाट बाहिर नजान भनेका थिए । तर, दाईको आदेश नमान्दै भाई घरबाहिर निस्किन पुगे ।

यही कुरामा दुवैबीच झगडा भयो । झगडा चर्किदै गएपछि राजेशले तावाले दुर्गेशको टाउकोमा प्रहार गरे । घाइते दुर्गेसलाई अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरे ।

‘लकडाउन’मा बाहिर निस्किन खोजेको आरोपमा भएको झगडाका कारण भाईको हत्या गरेको आरोपमा प्रहरीले राजेशलाई पक्राउ गरेको छ । दुर्गेस पुनामा वेटर काम गर्ने र ‘लकडाउन’को बेला घर आएका थिए ।