भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ ।
आइतबारसम्म भारतमा कोभिड-१९ संक्रमितको संख्या १ हजार नाघेको छ । भारतीय सञ्चार माध्यममा अनुसार आइतबार बिहानसम्म संक्रमितको संख्या १ हजार १९ पुगेको छ ।
संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ । शनिबार थप चारको मृत्यु भएसँगै मृतकको संख्या २४ पुगेको हो । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्र, गजरात र कर्नाटक प्रदेश प्रभावित भएका छन् । यद्यपि २७ वटा प्रान्तमा संक्रमण देखिएको छ ।
भारतमा संक्रमित बढेसँगै त्यसको असर नेपालमा समेत पर्न सक्ने भन्दै विज्ञहरुले चिन्ता गरेका छन् । खुला सिमानाका कारण निर्वाध रुपमा हुने आवत जावतका कारण नेपालमा त्यसको प्रभाव पर्न सक्ने देखिएको छ ।
भारतबाट नेपाल प्रवेश गर्ने सबै नाका भन्द भए पनि सुरक्षा जाँच नभएका खुला स्थानबाट भारतीय वा नेपालीको आउजाउ चलिरहेको छ ।