कोरोना भाइरसको संक्रमण व्यापक फैलिएको अमेरीकामा दुई लाख भन्दा बढीको मृत्यु हुने र दशौं लाखमा यसको संक्रमण हुने एक जना वरिष्ठ विज्ञले चेतावनी दिएका छन् ।
सरुवारोगविज्ञ डा.एन्थोनी फाउचीले वर्तमान अवस्था हेर्दा अमेरिकामा यस्तो हुन सक्ने भन्दै चेतावनी दिएका हुन् । अमेरिकामा हाल विश्वमै सबैभन्दा धेरै करिब १ लाख ४० हजारभन्दा बढीमा यो भाइरसको संंक्रमण देखिएको छ ।
डा.एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको संख्या दुई लाख हुनसक्ने बताएका हुन् । डाक्टर फाउचीले भने, ‘न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको छ, अन्यत्र पनि गम्भीर समस्या छ र केही ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।’
चीनबाट सुरु भएको कोरोना भाइरसका कारण अहिले सबै भन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा पर्याप्त भेन्टिलेटरको सुविधा नहुँदा मृतकको संख्या अझ बढी हुने अनुमान छ ।एजेन्सी