logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोना संक्रमितको मृत्युपछि भारतमा परिवाद्वारा हंगामा


अंकुरण खबर
1.573K
Shares

भारतको हैदराबादमा कोरोना भाइरसका संक्रमितको मृत्यु भएपछि परिवारले अस्पतालमा हंगामा गरेका छन्।

गान्धि अस्पतालमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएपछि परिवारले उपचारमा खटिएका डाक्टरमाथि आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटना भारतको हैदराबादको मेडिकल कलेज हस्पिटलको हो। जहाँ आइसोलेशन वार्डमा भर्ना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भयो।

डाक्टरमाथि आक्रमण गर्ने व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको समाचारमा जनाइएको छ। उनको उपचार पनि त्यही अस्पतालमा भइरहेको छ। ती व्यक्तिले नै आफ्ना भाइको मृत्यु भएपछि उपचारमा खटिएका डाक्टरमाथि आक्रमणमा उत्रिएका हुन्।

उनले अस्पतालमा पनि तोडफोड गरेको समाचारमा जनाइएको छ । ५६ वर्षका कोरोना संक्रमितको अवस्था निकै खराब बन्दै गएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले बचाउन सकेनन्।