logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलका स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.274K
Shares

इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।

मन्त्रालयले दुबै जना अहिले सरकारी निर्देशिका बमोजिम “आइसोलेसन”मा रहेको बताएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहकर्मी ७१ वर्षीय याकोभ लिजम्यान यसअघि प्रधानमन्त्री नेतन्याहूले कोरोनाभाइरससँग सम्बन्धित ब्रिफिङ गर्दा प्रधानमन्त्रीका साथ उपस्थित रहने गरेकी थिइन् । तर लिजम्यानले हालैका साताहरुमा सार्वजनिक कार्यक्रमबाट आफूलाई अलग राख्न थालेकी थिइन्।

मन्त्री लिजम्यानको साटो पछिल्लो समय स्वास्थ्य सेवा महानिर्देशकले सरकारका कदमहरु बारे जानकारी गराउदै आएका थिए ।