logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१४ दिनको क्वारेन्टाइनमा बसेका भारतका एक व्यक्तिले घर फर्किने दिनमा गरे आत्महत्या


अंकुरण खबर
702
Shares

कोरोना भाइरसको आशंकामा १४ दिन क्वारेन्टाइनमा राखिएका एक व्यक्तिले घर फर्किने दिनमा आत्महत्या गरेका छन्।

घटना भारतको गुजरातको हो। गुजरातको बनारकांठामा क्वारेन्टाइनमा राखिएका ती व्यक्तिले शुक्रबार आत्महत्या गरेको भारतीय मिडिया आजतकले जनाएको छ।

ती व्यक्ति २० मार्चदेखि क्वारेन्टाइनमा बसेका थिए। १४ दिनका लागि क्वारेन्टाइनमा राखिएका ती व्यक्तिको १४ दिनको अवधि शुक्रबार नै पूरा हुँदै थियो। उनले मानसिक तनावका कारण आत्महत्या गरेको अनुमान गरिएको समाचारमा उल्लेख छ।

ती व्यक्तिले क्वारेन्टाइन सकिने अन्तिम दिन नै किन झुण्डिएर आत्महत्या गरे भन्ने खुलासा भएको छैन्। त्यो दिन क्वारेन्टाइनमा बिताएपछि उनी भोलिपल्ट घर परिवारसँग जान पाउँथे । तर उनले अन्तिम दिन नै आत्महत्या गरेपछि अधिकारीहरु समेत चकित परेका छन्।