logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चीनले अमेरिकालाई सहयोग गर्‍यो १ हजार थान भेन्टिलेटर


अंकुरण खबर
728
Shares

कोरोना भाइरसको संक्रमणलाई आश्चर्यजनकरुपमा नियन्त्रणमा लिएको चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमणको अवस्था संसारमै अमेरिकामा सबैभन्दा धेरै भएपछि चीनले उपचारका लागि सहयोग गर्न सुरु भएको छ । अमेरिकामा भेन्टिलेटरको अभावमा उपचारसमेत प्रभावित भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै न्युयोर्क राज्य प्रभावित भएको छ । त्यहाँका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिलेसम्म अमेरिकामा ३ लाख २२ हजार ६ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यसमध्ये ८ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । १४ हजार ८ सय २५ जना उपचारपछि घर फर्किएका छन् ।

ज्यान गुमाउनेमध्ये ३ हजार ५ सय ६५ जना न्युयोर्कका हुन् । न्युयोर्कमा मात्रै १ लाख १४ हजार ७ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ । एजेन्सी