logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेक्सिकोमा लागुऔषध कारोबारी समूहबीच गोली हानाहान, १९ जनाको मृत्यु


अंकुरण खबर
2.379K
Shares

दुई विपक्षी लागुऔषध कारोबारी समूहबीच मेक्सिकोमा भएको गोली हानाहानमा १९ जनाको मृत्यु भएको छ ।

समाचार संस्था अलजजिराका अनुसार मेक्सिकोको छिहुआहुआस्थित सीमामा भएको झडमा १९ जनाको मृत्यु भएको हो ।

स्थानीय अधिकारीहरुका अनुसार घटनास्थलमा १८ जनाको शव, दुईवटा ग्रिनेड, सवारीसाधन र बन्दुकहरु, फुटेका हेल्मेटहरु भेटिएको छ । अमेरिकातर्फ लागुऔषध ओसार्ने दुईवटा अपराधिक समूहबीच झडप भएको रोयटर्सले जनाएको छ ।

दुई हतियारधारी सडकमा घाइते अवस्थामा भेटिएका थिए । जसमा एकजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त क्षेत्रमा अहिले प्रहरी र सेना परिचालन गरिएको जनाइएको छ । एजेन्सी