logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसबाट लिबियाका पूर्वप्रधानमन्त्रीको निधन


अंकुरण खबर
832
Shares

लिबियाका पूर्वप्रधानमन्त्री महमोद जिब्रिलको कोरोना भाइरसको महामारीबाट निधन भएको छ ।

६८ वर्षीय जिब्रिलको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो । उनी सन् २०११ मा शासक मुआमार गद्दाफीलाई सत्ताबाट हटाएपछि बनेको अन्तरिम सरकारका प्रमुख भएर सत्ता सञ्चालन गरेका थिए ।

मुआमार गद्दाफी लिबियाका शासक थिए । सन् २०१२ मा जिब्रिलले नेशनल फोर्सेस एलायन्सको स्थापना समेत गरेका थिए ।

अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार कोरोनाको प्रकोपका कारण उनको दुई हप्ता यता अस्पतालमा उपचार भईरहेको थियो । एजेन्सी