बलिउडकी चर्चित अभिनेत्री जोया मोरानीलाई कारोनाभाइरसको संक्रमण देखिएको छ ।
भारतीय मिडियाका अनुसार कोरोनाको लक्षण देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ ।
जोया मार्च १५ मा राजस्थानबाट फर्किएकी थिइन् । राजस्थानबाट फर्किएपछि उनलाई कोरोनाको संक्रमण देखिएको हो । उनको कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा उपचार भइरहेको छ ।
जोया फिल्म निर्माता करीम मोरानीकी छोरी हुन् । यसअघि बलिउड गायिका कनिका कपुरलाई पनि कोरोना संक्रमण देखिएको थियो । उनी कोरोना निको भएपछि सोमबार घर फर्किएकी छिन् ।