जापानी प्रधानमन्त्री सिन्जो अबेले देशमा एक महिनाको संकटकाल घोषणा गरेका छन् ।
कोरोनाभाइरसविरुद्ध लड्न बनेको विशेष टास्क फोर्सको बैठकपछि उनले यो घोषणा गरेका हुन् । यो संकटकाल आजबाट ६ मेसम्म लागु हुने बताइएको छ । यसमा टोकियोसहित कोरोनाभाइरस प्रभावित क्षेत्रहरु पर्ने जनाइएको छ ।
अबेले हिजो मात्र जापानमा कोरोनाभाइरस संक्रमितको संख्या बढेको भन्दै संकटकाल लगाउन सकिने संंकेत गरेका थिए ।
उनले गरेको घोषणामा अत्यवाश्यक तथा आधारभूत आर्थिक गतिविधि चाहिँ जारी रहने बताइएको छ । त्यहाँ अझै पनि सुपरमार्केटहरु खुल्ने बताइएको छ । अबेले जापानी जनतालाई घरमा नै रहन अनुरोध समेत गरेका छन् । एजेन्सी