युरोपियन देश बेल्जियममा पनि कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ ।
बेल्जियममा पछिल्लो २४ घण्टामा थप २०५ जनाको ज्यान गएको छ । पछिल्लो अपडेट अनुसार बेल्जियममा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २४० पुगेको छ ।
त्यस्तै बेल्जियममा एकदिनमा थप १२ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै बेल्जियममा अहिलेसम्म संक्रमितको संख्या २३ हजार ४०३ पुगेको छ ।
बेल्जियममा अहिलेसम्म ४ हजार ६८१ जना ठिक भएका छन् । बेल्जियममा अहिले १२ सय ७६ जनाको आइसीयुमा उपचार भइरहेको बताइएको छ ।
यस्तै विश्वभर कोरोनाबाट अहिलेसम्म ८२ हजार ४२१ जनाको मृत्यु भएको छ । त्यस्तै १४ लाख ३६ हजार ८४१ जना संक्रमित भएका छन् भने अहिलेसम्म ३ लाख ३ हजार ७२८ जना ठिक भएका छन् । विश्वभर अझै ४७ हजार ९७९ जनाको आइसीयुमा उपचार भइरहेको छ ।