logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट निकालियो


अंकुरण खबर
1.001K
Shares

कोरोना भाइरस (कोभिड-१९) को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ ।

तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ ।

जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए ।

सोमबार उनलाई आईसीयूमा राखिएको थियो । यद्यपि उनलाई भेन्टिलेटरमा भने राख्नुपरेको थिएन । उनी आईसीयूबाट बाहिर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निकै ठूलो समाचार रहेको प्रतिक्रिया दिएका छन् ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सात हजार नौ सय ७८ पुगेको छ । बुधबार मात्र बेलायतमा आठ सय ८१ जना मानिसको मृत्यु भएको थियो । बेलायतमा समग्र संक्रमितको संख्या पनि ६५ हजार नाघिसकेको छ ।