logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप खतरनाक बन्दै कोरोना, नयाँनयाँ लक्षण देखिँदै


अंकुरण खबर
1.651K
Shares

कोरोना भाइरस जतिजति विश्वव्यापी महामारीका रुपमा फैलँदै छ, त्यति नै त्यसको नयाँनयाँ लक्षण देखिन थालेको छ ।

सुरुमा चीनको वुआनमा कोरोना पुष्टि हुँदा बिरामीमा देखिँदा उच्च ज्वरो, रुखाखोकी र घाँटी दुख्ने तथा फोक्सो पहेंलो हुने जस्ता लक्षण देखिन्यो । तर, अहिले त्यो भन्दा फरक लक्षणहरु पनि देदिन थालेको छ ।

अब भने बिरामीको दिमाग र पेटमा पनि लक्षण देखिन थालेको छ । चीनका ५० प्रतिशत नयाँ बिरामीमा ५० प्रतिशत कोरोनाका बिरामीमा पेट दुख्ने र झाडा बान्ताको समस्या देखिन थालेको हो । बिरामीमा मस्तिस्क सुनिने र टाउको दुख्ने समस्या पनि आउन थालेको छ ।

पछिल्लो एक अध्ययनले बिरामीमा गन्ध थाहा नपाउने र खाने कुराको स्वाद लिन नसक्ने समस्या पनि थपिएको छ ।