अमेरिकामा लकडाउन उल्लङ्घन गर्ने ६ जनामाथि गोली प्रहार गरिएको छ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित रहेको अमेरिकामा लकडाउन उल्लङ्घन गर्ने ६ जनामाथि गोली चलाइएको हो। अमेरिकाको क्यालिफोर्नियामा शुक्रबार राती बेकर्सफिल्डको एक अपार्टमेन्ट कम्प्लेक्समा ती ६ जनालाई गोली हानिएको स्थानय शेरिफ पुलिसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
गोली लागेर ४ महिला १ पुरुष र १ किशोरी घाइते भएका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
अमेरिकामा मात्रै कोरोना भाइरसबाट ५ लाख ६० हजार बढी संक्रमित भएका छन् भने २२ हजार ११५ जनाको मृत्यु भएको छ।