logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकाको ५५० जलसेना कोरोना संक्रमित


अंकुरण खबर
780
Shares

हाल पुरै विश्वमा अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित छ । अब अमेरिकाको सेना पनि यो ज्यानमारा भाइरसको चपेटामा आएको छ ।

अमेरिकाको ५५० नौ सैनिकमा कोभिड–१९ पोजिटिभ पाइएको छ । विमान वाहक पोत थियोडोर रुजभेल्टको चालक दलका ४८०० सदस्य मध्ये १० प्रतिशत भन्दा बढीमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ ।

नौ सेनाका प्रवक्ताले चालका दलका ९२ प्रतिशत मानिसमा कोरोना परीक्षण गरेका थिए । जसमा ५५० नौ सैनिक पोजिटिभ रहेका छन् र ३६७३ को रिपोर्ट नेगेटिभ आएको थियो ।

नौ सेनाका सचिवले राजीनामा दिएको अमेरिकी नौसेनाले जनाएको छ । प्रवक्ताका अनुसार ३६९६ नौसैनिकलाई गुआममा रहेको होटल तथा घरमा क्वारिन्टिनमा राखिएको छ ।

यो भन्दा पहिले अमेरिकी नौ सेनाका सचिव थोमस मोडलीले जाहाजका कप्तान ब्रेट क्रोजियरलाई कमानबाट हटाएका थिए । कोरोनाभाइरसको स्थितिसँग जुझ्न  र पुनः यसको कप्तानलाई हटाएपछि उठेको सवालको विषयलाई लिएर नौसेनाका सचिव स्वयंले पनि आफ्नो पदबाट राजीनामा दिएका हुन् । एजेन्सी