logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दिल्लीमा फेरि भूकम्पको धक्का


अंकुरण खबर
754
Shares

भारतको राजधानी नयाँ दिल्लीमा दोस्रो दिन पनि भूकम्पको धक्का महसुश गरिएको छ।

सोमबार दिउसो राजधानी दिल्लीलाई केन्द्र बनाएर भूकम्प गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। २४ घण्टा नबित्दै दिल्लीमा दोस्रो भूकम्प गएको हो।

भारतीय अधिकारीहरुका अनुसार सोमबार दिउँसो १ बजेर २६ मिनेट जाँदा राजधानीलाई केन्द्र बनाएर २।७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट भएको क्षतीको कुनै विवरण प्राप्त भएको छैन।

यसअघि आइतबार पनि भूकम्प जाँदा मानिसहरु घर बाहिर निस्केका थिए।