logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च


अंकुरण खबर
1.43K
Shares

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ हजार ४२३ जनाको मृत्यु भएको छ भने ७१ हजार ५ सय ९१ जना नयाँ संक्रमित थपिएका छन्। यो सँगै अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६९१ पुगेको छ भने १९ लाख २४ हजार ६६२ जना संक्रमित भएका छन्।

छिमेकी देश भारतमा पनि कोरोना भाइरसको संक्रमण तिब्र रुपमा बढेको छ। अघिल्लो दिनको तुलनामा भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा १२ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५८ पुगेको छ भने १० हजार ४ सय ५३ जना संक्रमित भएका छन्। जसमध्ये ११ सय ८१ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार ९१४ जना एक्टिभ बिरामी रहेका छन् ।