logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ट्रम्पविरुद्ध अमेरिकामा गठबन्धनः ट्रम्प राजा होइनन्, राष्ट्रपति हुन्


अंकुरण खबर
1.495K
Shares

राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकामा असन्तुष्टि चुलिएको छ । न्यूयोर्कसहित आधा दर्जन बढी राज्यका गभर्नर खुलेरै ट्रम्पविरुद्ध उभिएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिइरहेका बेला प्रतिबन्ध खुकुलो पार्ने अभिव्यक्ति दिएको र महामारी रोक्न गम्भीर नभएको भन्दै ट्रम्पविरुद्ध गभर्नरहरु संगठित भएका छन् ।

ट्रम्पले न्यूयोर्कसहित केही मुख्य सहरको प्रतिबन्ध खुकुलो पारेर आर्थिक गतिविधि जारी राख्ने बताएपछि विरोध भएको हो ।

न्युयोर्कका गभर्नर एण्डु कुमोले न्यूयोर्कमा मात्र १० हजार बढीको कोरोनाका कारण मृत्यु भइसक्दा पनि प्रतिबन्ध खुला गरेर जनताको जीवनमाथि खेलबाड गर्ने खेलमा ट्रम्प लागेको आरोप लगाएका छन् ।

कुमोले ट्रम्प राजा नभई राष्ट्रपति भन्दै उनले भन्दैमै प्रतिबन्ध हटाउन नसकिने स्पष्ट गरे । ‘ट्रम्प राजा होइनन्, राष्ट्रपति हुन्’, कुमोले भने, ‘जनताको जीवन खतरामा पारेर प्रतिबन्ध हटाउन सकिँदैन । म त्यस्तो काम गर्न सक्दिन ।’

उनले महामारीका बेला जनताको जीवनलाई खतराबाट जोगाउन भूमिका खेल्नुपर्नेमा उल्टै खतरा बढाउने काम गर्न ट्रम्पको निर्देशन आएकाले त्यो मान्न नसकिने स्पष्ट गरे ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उनले अहिले मिलेर महामारीविरुद्ध जुध्न ट्रम्पलाई भनेका छन् । ‘भाइरसले कुनै अमेरिकनलाई डेमोक्रयाट वा रिपब्लिकन भन्दैन’, उनले भने, ‘अहिले महामारीविरुद्ध लडौं, राजनीति पछि पनि गर्न सकिन्छ ।’

कुमोलाई यस अभियानमा न्यु जर्सी, रोड आइल्यान्ड, कनेटिकट, डेलावेयर, म्यासाचुसेट्स र पेन्सिलभेनिया राज्यका गभर्नरहरुले साथ दिएका छन् । एजेन्सी