बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) मा कार्यरत २७ स्वास्थ्य कर्मचारीको नोभेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले बिहीबार बताएका छन् ।
उनले एनएचएसका कर्मचारीको निधन ‘निकै हृदयविदारक’ भएको बताएका छन् । सोमबार एनएचएसका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।
बेलायत सरकारले एनएचएसमा कार्यरत चिकित्सक र स्वास्थ्य कर्मचारी, उनीहरुको परिवार र परिवारको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना जाँच गर्ने क्रम तीव्र बनाएको छ ।
बेलायतमा हालसम्म नोभेल कोरोना भाइरसको संक्रमणबाट करिब १३ हजारको अस्पतालमा मृत्यु भएको छ भने ९८ हजार ४७६ संक्रमित भएका छन् । सीएनएन