logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वचर्चित लेखकको कोरोनाले लियो ज्यान


अंकुरण खबर
1.001K
Shares

कोरोना भाइरस (कोभिड–१९) का कारण चिलीका एक चर्चित लेखक लुइस सेपल्वेदाको मृत्यु भएको छ।

स्पेनमा निर्वासित जीवन बिताउँदै आएका उनको ७० वर्षको उमेरमा बिहीबार ज्यान गएको हो। पोर्चुगलमा आयोजित एक साहित्य सम्मेलनबाट फर्किएका उनमा कोरोनाको लक्षण देखिएपछि केही दिन अघि मात्रै ओभिइडोको अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो।

उनले सन् १९८८ मा आफ्नो उपन्यास ‘द ओल्ड म्यान हु रिड लव स्टोरिज’ प्रकाशित गरेपछि विश्व चर्चित बन्न पुगेका थिए। उनी एक समाजवादी लेखक हुन्। उनले निर्वासनमा जानुभन्दा पहिले जनरल अगस्टो पिनोचेटको सैनिक शासनमा चिली भित्रै लामो समय कैद जीवनसमेत बिताएका थिए।

उनी सन् १९७३ मा समाजवादी राष्ट्रपति साल्भाडोर एलेन्डेलाई हटाउने दक्षिणपन्थी सैनिक प्रमुखको निसानामा परेका धेरै वामपन्थी लेखक, कार्यकर्ता र बौद्धिक व्यक्तिहरूमध्येका एक साहित्यकार हुन्। उनी सन् १९७३ मा सेपल्वेद देशद्रोहको आरोपमा जेलमा परेका थिए।

उनले साढे दुई वर्ष जेलमा बिताए। पछि अधिकार समूह एम्नेस्टी इन्टरनेसनलको दबाबका कारण उनलाई जेल मुक्त गरियो। पछि फेरि गिरफ्तार गरी निर्वासनमा पठाइनुभन्दा पहिले एक वर्ष उनलाई चिलीमा नै राखिएको थियो। बीबीसी