logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट दिल्लीमा डेढ महिने शिशुको मृत्यु


अंकुरण खबर
832
Shares

भारतमा कोरोना संक्रमणबाट ४५ दिनको नवजात शिशुको निधन भएको छ। राजधानी दिल्लीमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

बिरामी अप्रिल १४ मा उनलाई दिल्लीको कलावती सारण अस्पतालमा भर्ना गरिएको थियो। जाँच पछि अप्रिल १६ मा ती शिशुमा कोरोना संक्रमण फेला परेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

भारतमा कोरोना बिरामीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ। हालसम्म भारतभर १५ हजार भन्दा बढी कोरोना संक्रमित छन्। दिल्लीमा मात्र १९ सय मानिसमा कोरोना भेटिएको छ। दिल्लीमा अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ।