logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युरोपमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघ्यो


अंकुरण खबर
858
Shares

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको छ ।

नेपाली समयानुसार बुधबार अपराह्न ५ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ ।  युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ  ।

कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८,  स्पेनमा २१ हजार ७१७,  फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३७, बेल्जियममा ६ हजार २६२, जर्मनीमा ५ हजार १००, नेदरल्याण्डसमा ३ हजार ९१६ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै स्विडेनमा एक हाजर ९३७ र स्विटजरल्याण्डमा एक हजर ४७८ जनाले ज्यान गुमाएका छन् ।  एजेन्सी