logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

घरपालुवा बिरालोमा मानिसबाट सर्यो कोरोना


अंकुरण खबर
806
Shares

कोरोना भाइरसबाट अति प्रभावित अमेरिकाको न्युयोर्क शहरमा एउटा बिरोलोमा समेत कोरोना संक्रमण फेला परेको छ।

अधिकारीहरुले अमेरिकामा पाल्तु जनावरमा कोरोना भेटिएको यो पहिलो घटना भएको बताएका छन्। ती बिरालोलाई सास फेर्न समस्या भएपछि वन्यजन्तु अस्पताल भर्ना गरिएको थियो। कोरोना पोजेटिभ पाइएको हो।

अमेरिकी कृषि विभाग र रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यी बिरालोमा मानिसबाट कोरोना संक्रमण भएको सम्भावना छ। बिरालोको सम्पर्कमा रहेका मानिसहरुलाई पनि संक्रमण हुन सक्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन्।

अमेरिकामा यो भन्दा अगाडी एउटा चिडियाघरमा रहेको बाघमा पनि कोरोना संक्रमण भएको थियो। अधिकारीहरुले जनावरबाट टाढा रहन आग्रह गरेका छन्।

अमेरिकामा कोरोना संक्रमणबाट ४७ हजार जनाको ज्यान गइसकेको छ भने ८ लाख भन्दा बढि मानिस संक्रमित बनेका छन्। एजेन्सी