logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा बन्यो कोरोनाको खोप, बाँदरमा सफल परीक्षण


अंकुरण खबर
793
Shares

चीनमा कोरोना भाइरस ९कोभिड–१९० को खोप सफल भएको छ । तर, मानिसमा नभएर बाँदरमा खोप सपmल भएको हो ।

कोरोना संक्रमित बाँदरमा लगाइएको खोपले काम गरेको छ । संक्रमित बाँदर निको भएको छ । बेइजिङमा रहेको औषधि कम्पनी साइनोभ्याक बायोटेकले बाँदरमा खोप परीक्षण सफल भएको जनाएको हो ।

पोख पत्ता लगाउन सक्रिय वैज्ञानिकहरुले बाँदरमा सफल भएसँगै मानिसमा समेत परीक्षण थालिसकिएको चीनले जनाएको छ ।

आठवटा बाँदरको श्वास नलीमा कोरोना भाइरस देखिएपछि खोप दिइएको थियो । त्यसको तीन सातामा पुनः चाँज गर्दा ती बाँदरहरु निको भइसकेका थिए । मानिसमा समेत खोपले काम गर्ने विश्वास उक्त कम्पनीको छ ।