logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालबाट वैशाख ५ मा लुकिछिपी भारत गएका दुई भारतीयमा कोरोना पुष्टि


अंकुरण खबर
1.638K
Shares

नेपालबाट वैशाख ५ गते भारत गएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बर्दियाबाट भारत गएका दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो। बर्दियाको राजापुर नगरपालिकाको कोठियाघाट किनारमा रहेको एक क्रसर उद्योगमा कार्यरत भारतीय नागरिकहरुमा कोरोना पुष्टि भएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जानकारी दिए ।

वैशाख ५ गते बहराइच गएका ती नागरिकको भारतीय पक्षले स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। त्यसपछि भारतको बहराइच प्रशासनले बाँकेको इलाका प्रहरी कार्यालय जमुनाहालाई शुक्रबार पत्र लेखेर जानकारी दिएपछि मात्रै उनीहरु संक्रमित रहेको नेपाली पक्षले थाहा पाएको हो।

कन्ट्याक्ट ट्रेसिङ गर्दै जाँदा उनीहरुको कनेक्सन कोठियाघाटस्थित क्रसर उद्योगसम्म रहेको पत्ता लागेको प्रजिअ लामिछाने बताउँछन्। त्यसलगत्तै क्रसर उद्योगमा कार्यरत सबै मजदुरको थ्रोट स्वाबको नमूना लिएर परीक्षण गरिएको थियो। तर, अन्यमा कोरोना संक्रमण नदेखिएको जनाइएको छ ।

लकडाउनमा नेपाल र भारत सीमा नाका बन्द भएपनि ती भारतीय नागरिकहरु नेपालबाट लुकिछिपी भारत गएको हुन सक्ने अनुमान छ।