logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण कोरियाको गोदामघरमा आगलागी हुदाँ कम्तीमा २५ को मृत्यु

अंकुरण खबर
780
Shares

दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ।

दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा २५ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ।

स्थानीय समयानुसार मङ्गलबार राति १ः३२ सो आगलागी सुरु भएको थियो। राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको बेसमेन्ट फ्लोरबाट सो आगलागी सुरु भएको बताइएको छ।

आगलागी सुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए।

यस आगलागीमा परी २५ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अन्य सात जना घाइते भएका छन्। अझै पनि कैयौ श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

योन्हाप समाचार समितिले अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उद्धृत गर्दै निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको जानकारी दिएको छ। रासस/सिन्ह्वा