logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

ऋषि कपूरको अन्तिम इच्छा पूरा गर्न सकेनन् रणबीर


अंकुरण खबर
949
Shares

बलिउडका दिग्गज अभिनेता ऋषि कपूर संसारबाट बिदा भए । मृत्यूअघि देख्न चाहेको एउटा दृश्य उनले देख्न पाएनन् । उनले सार्वजनिक कार्यक्रममै उक्त इच्छा जाहेर गरेका थिए ।

तर, उनका छोरा रणबीर कपूरले आफ्नो पिताको इच्छा पूरा गरेनन् । ऋषि २ वर्ष अगाडि फोक्सोको क्यान्सरबाट पीडित थिए । उनले उपचारका लागि न्यूयोर्कमा लामो समय बिताएर २०१९ मा भारत फर्किए । पछि पनि उनी बिरामीको आरोह अवरोहमा परिरहे ।

केही समय पछि उनले एक अन्तर्वार्तामा मृत्यू अघि आफ्नो छोरोको बिहे होस् भन्ने चाहना व्यक्त गरेका थिए । त्यतिबेला रणबीर आलियासँगको सम्बन्धमा थिए । उनले उक्त कुरा सबैलाई थाहा भएको भन्दै छोरोले जोसँग बिहे गरेपनि आफूलाई कुनै आपत्ति नहुने विचार व्यक्त गरेका थिए ।

उनले आफ्नो २७ वर्षमा बिहे भएको भन्दै रणबीर ३५ कटिसकेको पनि बताएका थिए । उनले भनेका थिए, ‘रणवीरले आफूलाई मन पर्ने केटीसँग बिहे गर्न सक्छ, किनकी उसको खुसी नै मेरो पनि खुसी हो ।’ तर, उनी छोरोको बिहे देख्न नपाई बिदा भएका छन् ।