logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

कोरोना भाइरस चीनको एक प्रयोगशालामा बनाइएको होः ट्रम्प


अंकुरण खबर
806
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) चीनले वुहानस्थित एक प्रयोगशालामा निर्माण गरेको दाबी गरेका छन् ।

ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कोरोनाभाइरस ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ मा निमाृण गरिउको ठोकुवा गरे ।

‘म सँग चीनले कोभिड–१९ प्रयोगशालामा निर्माण गरेको हो भन्ने प्रमाण छ’, उनले भने । ट्रम्पले विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले चीनको पक्षमा प्रचार-प्रसार गरिरहेकामा लाज लागेको टिप्पणी गरे ।

डब्लुएचओले चीनको जनसम्पर्क निकायका रुपमा काम गरिरहेको आरोप ट्रम्पले लगाए । ट्रम्पले हुवेई प्रान्तबाट अर्को प्रान्तमा जान मानिसहरुलाई रोक लगाएको चीनले संसारभर जान चाहिं किन रोकेन रु भन्ने प्रश्न उनले गरे ।

‘चीनभित्र एक प्रान्तबाट अर्कोमा जान प्रतिबन्ध गरिएको थियो’, ट्रम्पले भने, ‘संसारभर जान चाहिं किन रोकिएन, यसको जवाफ खोजी गर्नुपर्छ ।’

यसअघि जस्तै उनले चीनले जानाजानी त्यस्तो गरेको हो वा होइन भन्नेबारे बुझ्ने काम भइरहेको बताए । एजेन्सी