logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा घर जाने मजदुरहरूको टिकट भाडा सोनिया गान्धीले तिरिदिने


अंकुरण खबर
1.495K
Shares

भारतमा लकडाउका कारण अलपत्र परेका मजदुरहरू घर जान पाउने भएका छन्। भारत सरकारले लकडाउनको एक महिनापछि ‘श्रमिक विशेष रेलसेवा’ सञ्चालनमा ल्याएको छ।

उक्त विशेष रेलसेवाबाट कामदार, तीर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरूलाई सेवा दिइने भएको छ।

रेलवे मन्त्रालयले रेल सञ्चालनमा ल्याएपनि भाडादर घटाएको छैन र मजदुर तथा घर हिँडेका आप्रवासी मजदुरहरूबाट चर्को टिकट भाडा संकलन गरिरहेको छ। लकडाउनले समस्या भएर हिँडेका मानिसहरुसँग भाडा उठाँउने निर्णयको चौतर्फी आलोचना भएको छ।

यसैबीच, भारतीय राष्ट्रिय काँग्रेसले मजदुरहरूको भाडा तिरिदिने भएको छ। काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले आफ्नो पार्टीका राज्य इकाईहरूलाई मजदुरहरूको भाँडाको खर्च उठाउन निर्देशन दिएकी छन्।

काङ्ग्रेस अध्यक्ष गान्धीद्वारा विज्ञप्तिमा काँग्रेस कमिटीको प्रत्येक इकाईले मजदुर र मजदुरहरूको फिर्ताको लागि रेल यात्रा टिकटको खर्च वहन गर्ने र आवश्यक कदम चाल्ने उल्लेख गरिएको छ।

काँग्रेसको यस्तो घोषणाले समस्यामा परेका मजदुरहरू खुशी भएका छन्। काँग्रेसको कदमपछि अन्य राजनीतिक दलहरूले पनि सक्दो सहयोग गर्ने घोषणा गरेका छन्।

बिहार स्थित राष्ट्रिय जनता दलले ६० वटा रेलको भाडा तिरिदिने घोषणा गरेको छ।