स्पेनमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १८५ जनाको मृत्यु भएको छ ।
स्पेनमा तीनदेखि निरन्तर कोरोना संक्रमितको दैनिक हुने मृत्यु २०० भन्दा कम रहेको छ । स्पेनी स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार ६१३ पुगेको छ ।
सोमबार स्पेनमा १६४ कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबारको तुलनामा मंगलबार दैनिक हुने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा केही बढोत्तरी भए पनि २०० भन्दा कम रहेको छ ।
सोमबार कोरोना संक्रमितको संख्या २५ हजार ४२८ पुगेको छ । हालसम्म स्पेनमा कोरोना संक्रमितको संख्या दुई लाख १९ हजार ३२९ पुगेको छ । रोयटर्स