logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन ११ हजारभन्दा बढी संक्रमित


अंकुरण खबर
1.573K
Shares

पछिल्लो चारदिन लगातार १० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएकोमा बिहीबार नयाँ रेकर्ड कायम गरिएको छ ।

रुसमा पछिल्लो २४ घण्टामा ११ हजार २३१ कोरोना संक्रमित थपिएका हुन् । रुसी कोभिड(१९ रेस्पोन्स हेडक्‍वाटरका अनुसार रुसमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७७ हजार १६० पुगेको छ ।

मे १२ सम्म रुसमा देशभर लकडाउन जारी गरिएको छ । राष्ट्रपति भलाद्‍मिर पुटिनले बुधबार केही क्षेत्रमा लकडाउनका उपायहरु बढाउन सकिने बताएका थिए ।

रुसमा बुधबार १० हजार ५५९ कोरोना संक्रमित थपिएका थिए । मंगलबार रुसमा १० हजार १०२ नयाँ कोरोना संक्रमित थपिएका थिए भने सोमबार १० हजार ५८१ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार रुसमा १० हजार ७९ कोरोना संक्रमित थपिएका थिए । सीएनएन