logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ट्रम्पका सुरक्षाकर्मीमा देखियो कोरोना, ट्रम्पको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
1.131K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भवनमा कार्यरत एक सैनिकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ ।

अमेरिकी समाचार संस्था सीएननका अनुसार ट्रम्प र उनको परिवारको निकट रहेर काम गर्ने अमेरिकी सेनाका सदस्य संक्रमित भएका हुन् ।

सुरक्षाकर्मीमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको पनि परीक्षण गर्दा उनीहरुको भने रिपोर्ट नेगेटिभ आएको सीएनएनले लेखेको छ ।

ह्वाइट हाउसका प्रेस सचिव होगन गिदले भनेका छन्, ‘ह्वाइट हाउस परिसरमा कार्यरत एक सैनिकमा कोरोना भाइरस पोजिटिभ पाइएको छ। यसलगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको पनि परीक्षण गरिएको छ र उहाँहरुमा संक्रमण छैन ।’

ती सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएपछि राष्ट्रपति र उपराष्ट्रपति लगायत ह्वाइट हाउसमा कार्यरत सबैको परीक्षण गरिएको थियो ।