logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

एयर इण्डियाका ५ पाइलटमा कोरोना संक्रमण


अंकुरण खबर
910
Shares

भारतीय सरकारी स्वामित्वको एयर इण्डियाका ५ पाइलटमा कोरोना संक्रमण देखिएको छ।

उडान भर्नुअघि ७७ जना पाइलटमा गरिएको परिक्षणमा ५ जनामा कोरोना पोजेटिभ देखिएको हो। कोरोना संक्रमित देखिएका सबै पाइलटलाई चिकित्सकीय निगरानीमा राखिएको छ।

एयर इण्डियाका अनुसार ती पाइलट कार्गो विमान लिएर केही दिन अघि चीनबाट फर्केका थिए। विदेशमा फसेकाहरुको उद्धार गर्न विदेश जाने तयारी भइरहँदा पाइलटमा समेत कोरोना भेटिएको हो। पाँचै जना पाइलटले बोइङ ७८७ ड्रिमलाइनरको विमान चलाउँथे।

उक्त विमान गत अप्रिल १८ मेडिकल सामान लिन चीनको ग्वाङजाउ उडेको थियो। एयरलाइन्सले सामान लिन साङ्घाई र हङकङमा समेत विमान पठाएको थियो।

भारतले लकडाउनका बीच विदेशमा अलपत्र रहेका आफ्ना नागरिकको उद्धार गर्ने गर्ने तयारी गरेको छ। त्यसअघि पाइलटहरुको परिक्षण गरिएको हो। एयर इण्डियाले करिब १५ हजार भारतीयलाई फिर्ता ल्याउन ६४ उडान भर्नेछ।

एयर इण्डियाले लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई फिर्ता ल्याउनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ।