logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक महिनापछि वुहानमा देखिए पहिलो कोरोना स‌ंक्रमित


अंकुरण खबर
793
Shares

नोभेल कोरोना भाइरसको संक्रमणको वास्तविक इपिसेन्टर चीनको वुहानमा एक महिनाभन्दा बढी समयपछि फेरि एकजनामा कोरोना संक्रमण देखिएको छ ।

वुहानमा ३ अप्रिलमा पछिल्लो पटक कोरोना संक्रमित देखिएका थिए । त्यसपछि ८ अप्रिलमा वुहानमा ७६ दिनपछि कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनु खुकुलो बनाइएको थियो ।

स्थानीय स्वास्थ्य अधिकारीका अनुसार अहिले देखिएका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । उनकी पत्‍नीलाई समेत कोरोना पोजेटिभ देखिएको बताइएको छ । उनकी पत्‍नीमा भने कोरोनाका कुनै लक्षण देखिएका छैनन् ।

उनी यसअघि २० जना कोरोना संक्रमित देखिएका स्थानमा बस्दै आएका थिए । वुहान स्वास्थ्य कमिसनका स्वास्थ्य विज्ञका अनुसार उनका ‘विगतको समुदाय संक्रमण’  भएको बताइएको छ । समुदाय संक्रमण भएका पाँच जनामा पनि कोरोनाको कुनै लक्षण नदेखिएको बताइएको छ ।

चिनियाँ राष्ट्रिय र स्थानीय स्वास्थ्य कमिसनले लक्षण नदेखिएका कोरोना संक्रमितलाई कोरोना संक्रमणको सूचीमा राखिएको थियो । शनिबारसम्म वुहानमा कोरोना संक्रमितको संख्या ५० हजार ३३४ पुगेको छ ।

चीनमा कुल कोरोना संक्रमितको संख्या भने ८२ हजार ९०१ देखिएका छन् भने ४ हजार ६३३ को मृत्यु भएको छ । सीएनएन