logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमण फर्किएपछि चिनियाँ शहरलाई पूर्ण लकडाउन गरियो


अंकुरण खबर
637
Shares

कोरोनाभाइरसबाट एघारजना सङ्क्रमित भएको फेला परेपछि चीनको एउटा शहरलाई उच्च जोखिम वर्गीकरण गरेर पूर्ण लकडाउन गरिएको छ।

उत्तर कोरियासँग सीमा जोडिएको जिलिन प्रान्तमा रहेको शुलानमा ११ जनामा सङ्क्रमण देखिएको थियो। ती सबै सङ्क्रमित एक महिलासँग सम्बन्धित रहेको बताइएको छ। ती ४५ वर्षीया महिलाले आफ्नो पति, दिदी-बहिनी र अन्य परिवारका सदस्यहरूलाई कोरोनाभाइरस सारेको बताइएको छ। तर ती महिलाले कतै यात्रा भने नगरेको अधिकारीहरूले बताएका छन्।

शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको र त्यहाँ सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। सार्वजनिक यातायात बन्द गरेर शहरलाई उच्च जोखिमको वर्गीकरणमा राखिएको छ।

वुहानमा दुई महिनायता सबैभन्दा धेरै सङ्क्रमण चीनको वुहान शहरमा स्थानीय सङ्क्रमणबाट फैलिएको कोरोनाभाइरसका नयाँ घटनाहरू देखा परेका छन्। अधिकारीहरूले नयाँ पाँच सङ्क्रमितहरू एउटै आवास क्षेत्रका भएको बताएका छन्। महामारी घोषणा भएयता मार्च ११ पछि वुहानमा एकै दिनमा सङ्क्रमितहरू पुष्टि भएको सबैभन्दा ठूलो सङ्ख्या हो।

वुहान कोरोनाभाइरस सङ्क्रमण शुरू भएको केन्द्रविन्दु हो र त्यहाँ केही दिनदेखि नयाँ सङ्क्रमित देखिएका थिएनन्। गत मार्च महिनामा सङ्क्रमित भएका एकजना ८९ वर्षीय पुरुष बिरामी वरपरका मानिसमा सङ्क्रमण भएको पाइएको हो। ‍