logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका पूर्वगृहमन्त्री चिदम्बरम भ्रष्टाचार अरोपमा पक्राउ


अंकुरण खबर
910
Shares

भारत – भारतीय प्रहरीले कंग्रेस नेता तथा पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई बुधवार राति घरबाट पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ ।

उनले अग्रिम धरौटीमा छुट्न पाउनुपर्ने यो माग गरी दिल्ली उच्च अदालतमा अनुरोध गरेका थिए । अदालतले उनको माग अस्वीकार गरेको थियो । त्यसलगत्तै उनी फरार भएका थिए । उनलाई पक्राउ गर्न सीबीआईको टोली बुधवार तीनपटक उनको घरमा पुगेको थियो । त्यहाँ उनी थिएनन् । प्रहरीले चिदम्बरमका विरुद्ध सूचना जारी गरेको थियो ।

उनलाई स्थल, जल, हवाई मार्गमा रोक्न भनिएको थियो । उनलाई अनुमतिविना देशबाहिर जान रोक्न सबैलाई अनुरोध गरिएको थियो । चिदम्बरमलाई उनको ठेगानामा फेला पार्न नसकेपछि यस्तो अनुरोध गर्नुपरेको अनुसन्धानमा खटिएका सुरक्षाकर्मीले जानकारी दिएका थिए ।

चिदम्बरमका पुत्र कार्ति चिदम्बरमले उक्त अवैध रकमबाट स्पेनमा टेनिस क्लब र बेलायतमा घर क्निनुका साथै विभिन्न ठाउँमा सम्पत्ति खरिद गरेको खुलासा भएको थियो । यसै विषयमा उनलाई थप सोधपुछ गर्न हिरासतमा लिनु परेको हो ।