logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले लगायो अमेरिकामाथि यस्तो आरोप


अंकुरण खबर
858
Shares

अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ।

मन्त्रालयका प्रवक्ता झाओ लिजियनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी गरे । अमेरिकी प्रशासनले चीनलाई समेत कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको पनि गलत प्रचार गरेको उहाँले बताए ।

दैनिक पत्रकार सम्मेलनका क्रममा बिहीबार प्रवक्ता झाओले अमेरिकी अधिकारीहरुले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेको आरोप लगाए । उनले भने, “आफ्नो जिम्मेवारीभन्दा पनि चीनको विषयमा नभएका हल्लाहरू सिर्जना गर्नु कुनैपनि राष्ट्रका लागि शोभनीय कुरा होइन। यो जायज छैन।”