भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६४९ पुगेको छ ।
शुक्रबार बिहानसम्म ८१ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको बीबीसीले जनाएको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २७ हजार ९२० उपचारपछि निको भइसकेका छन् ।
भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा २७ हजार ५२४ जनामा संक्रमण देखिएको छ । १ हजार १९ जनाको मृत्यु भएको छ ।