logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनकाबीच भारतले आन्तरिक उडान खुलाउने


अंकुरण खबर
949
Shares

भारतले यहि मे २५ तारिखबाट आन्तरिक उडान सुरु गर्ने भएको छ।

भारतीय नागरिक उड्डयन मन्त्री हरदीप पुरीले एक ट्वीट मार्फत उक्त जानकारी दिएका छन्। भारतमा लकडाउनका कारण आन्तरिक एवं अन्तराष्ट्रिय उडान बन्द भएका छन्।

केही दिनअघि रेलसेवा सुरु गरेको भारतले अब आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो। ट्विटमा मन्त्री सिंहले सबै विमानस्थललाई उडान सुचारु हुने र तयारी अवस्थामा बस्न जानकारी दिएको उल्लेख गरेका छन्।

जारी लकडाउनलाई भारतले विस्तारै खुकुलो बनाउँदै गएको छ।