भारतमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७० जनाको मृत्यु भएको छ। त्यसैगरी ६ हजार ३७८ नयाँ संक्रमित थपिएका छन्।
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५१ हजार ७६७ पुगेको छ। यीमध्ये ८३ हजारभन्दा बढी ‘एक्टिभ केस’ छन्।
६४ हजारभन्दा बढी भने संक्रमण भएर पनि निको भएका छन्। भारतमा अहिलेसम्म कोरोनाबाट ४ हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी