logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इरानमा ‘इज्जतका लागि’ छोरीको हत्या गरिएपछि आक्रोश


अंकुरण खबर
832
Shares

इरानमा १४ वर्षीया किशोरी रोमिना अशरफीको प्रेमसम्बन्धबाट रिसाएका पिताले करौंतीले घाँटी काटेका छन् ।

इज्जतका लागि गरिएको हत्या (अनर किलिङ) को यस घटनाले इरानमा आक्रोश उत्पन्न गरेको छ । छोरी सुतिरहेको बेलामा सपता रेजाले घाँटी रेटेका थिए । प्रहरीले रेजालाई हिरासतमा राखेको छ ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार, उत्तरी इरानको तालेशमा बस्ने रोमिना केही दिनअघि ३४ वर्षीय एक पुरुषसँग भागेकी थिइन् । पाँच दिनपछि उनलाई भेटियो र प्रहरी चौकी लगियो । त्यहाँबाट उनका पिताले उनलाई घर लगे ।

रोमिनाले पिताबाट ज्यानको खतरा रहेको भने पनि उनलाई पितासँगै पठाइयो । पछि पिताले साँच्चै छोरीको हत्या गरे ।

यस घटनापछि इरानीहरू आक्रोशित छन् । सामाजिक सञ्जालमा मानिसहरूले ह्याशट्याग रोमिनाअशरफी ट्रेन्ड चलाएर अनर किलिङविरुद्ध अभियान चलाइरहेका छन् ।

इरानमा अनर किलिङविरुद्ध कडा कानून छैन । राष्ट्रपति हसन रूहानीले यस्ता हत्याविरुद्ध कठोर कानून बनाउन निर्देशन दिएका छन् ।

रोमिना हत्याको मुद्दा विशेष अदालतमा चलाइने बताइएको छ । अहिलेको कानून अनुसार, रोमिनाका पितालाई १० वर्षसम्मको कारावास सजाय हुन सक्छ । एजेन्सी